दुलारीमा लहरीको ठक्करबाट स्कुटी चालकको मृत्यु

मोरङ ।
मोरङको सुन्दरहरैचा नगरपालिका ४ दुलारी स्थित पुर्व–पश्चिम राजमार्गमा लहरीको ठक्करबाट स्कुटी चालकको मृत्युको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ४५ बर्षीय श्याम लिङ्खा रहेका छन् ।

शनिबार बेलुका पौने ६ बजे पश्चिम आउदै गरेको बी आर ५० जी ए ०३०६ नम्बरको भारतिय लहरीले बिपरित दिशाबाट जादै गरेको को ३६ प २१७२ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुदाँ गम्भिर घाईते भएका लिङ्खाको घोपा धरानमा उपचारको क्रममा बेलुका पौने ७ बजे मृत्यु भएको छ ।
ठक्कर दिने लहरी प्रहरीको नियन्त्रणमा रहेको छ । चालक फरार रहेकोले खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय बेलाबरीले जनाएको छ ।