मोटरसाईकल दुर्घटनाबाट चालकको मृत्यु

झापा ।
झापा अर्जुन्धारा नगरपालिका ११ सालबारी स्थित चारआली शनिश्चरे सडक खण्डमा कालिखोलाको कल्वटमा मोटरसाईकल ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक सोही स्थानका १८ बर्षीय कुसल दास रहेका छन् ।

शनिबार राती साढे ९ बजे पश्चिम तर्फ जादै गरेको प्र १–०१–०१२ प ४३७४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई कलवटमा ठोकीएर खोलामा झरी दुर्घटना भएको थियो । घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी पोष्ट सालबारीबाट प्रहरी टोली खटि गई पानीमा डुवी बेहोस भएका दासलाई उपचारको लागी मनमोहन अस्पताल बिर्तामोड पठाईएको थियो ।
अस्पताल पु¥याउन साथ उनको मृत्यु भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।