झापामा मोटरसाईकल दुर्घटनाबाट एकको मृत्यु २ घाईते

झापा ।
झापाको गौरादह नगरपालिका ४ धरधरे स्थित भित्री सडक खण्डमा आज बिहान ८ बजे दुईवटा मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २ जना घाईते भएका छन् ।

मृत्यु हुनेमा मे९प २७०३ नम्बरको मोटरसाईकल चालक सोही स्थानका ४० बर्षीय भानु खत्री अधिकारी रहेका छन् । उनको घटनास्थलमानै मृत्यु भएको हो भने मे६प ५४१६ नम्बरको मोटरसाईकल चालक गौरिगंज गाऊपालिका ५ का ३० बर्षीय अनुप राजबंशी र पछाडी सवार सोही स्थानका १६ बर्षीय ललित शर्मा घाईते भई न्युरो अस्पताल विराटनगरमा उपचार भईरहेको छ ।
दुर्घटना भएका दुवै सवारी साधन प्रहरी चौकी महारानीझोडाको नियन्त्रणमा रहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।