झापामा सवारी दुर्घटना हुँदा एकको मृत्यु

झापा ।
झापामा सवारी साधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गौरादह– १ स्थित भित्रीपक्की सडकको दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे१त ७६८७ नं को ट्र्याक्टरबाट लडेर कन्काई नगरपालिका–६ का ४० वर्षीय गङ्गाबहादुर तामाङको मुत्यु भएको हो ।

बुधबार राति भएको दुर्घटनाका घाइते तामाङको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारको क्रममा राति ९ बजे मृत्यु भएको गौरादहस्थित ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्र्याक्टर चालक डम्बरबहादुर कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।