स्रोत नखुलेको ८ लाख २० हजार सहित बिराटनगरबाट एक पक्राउ

बिराटनगर ।
मोरङको बिराटनगरबाट स्रोत नखुलेको ८ लाख २० हजार नेपाली रुपैयाँसहित एकजना पक्राउ परेका छन । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका –३का ३४ वर्षीय उमेश साह रहेका छन् ।

साहलाई बिराटनगर महानगरपालिका वडा नं.–१८ भेडियारी स्थित अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२९ प ८६४० न. को स्कुटर चेकजाँचको क्रममा पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय ईटहरी सुनसरीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवं प्रवक्ता दीपक श्रेष्ठले बताए ।