९४ तोला चाँदी सहित रतुवामाईबाट एक पक्राउ

मोरङ ।
मोरङ रतुवामाई नगरपालिका ३ छालगाछीबाट प्रहरीले ९४ तोला चाँदी सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३० बर्षीय धर्बेन्द्र शर्मा रहेका छन् ।

मंगलबार बेलुका साढे ७ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले बिल नभएको तार बनाई ल्याएको ९४ तोला चाँदी सहित पक्राउ गरेको हो ।
पक्राउ परेका शर्मालाई चाँदी सहित आवश्यक कारबाहीको लागी मुल भन्सार कार्यालय रानी विराटनगर पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।