प्रदेश १ मा १६५ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६५ जनामा कोरोना संक्रमण भएको छ । ८९४ जनाको पीसीआर परीक्षण गर्दा १४२ र १३१ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६६, झापामा ३३, सुनसरीमा २७, उदयपुरमा ३, धनकुटामा २, संखुवासभा, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ४२, बुढीगंगामा ९, सुन्दरहरैचामा ४, कानेपोखरी, बेलबारी र रतुवामाईमा २–२, पथरीशनिश्चरे, केराबारी, रंगेली, उर्लाबारी र ग्रामथानमा १–१, झापाको विर्तामोडमा १४, दमकमा ५, भद्रपुरमा ४, गौरादह, अर्जुनधारा र मेचीनगरमा २–२, कनकाई, बुद्धशान्ति, बाहृदशी र कमल गाउँपालिकामा १–१, सुनसरीको इटहरीमा १०, इनरुवामा ५, दुहवी र धरानमा ४–४, रामधुनी, बराहक्षेत्र, गढी र भोक्राहानरसिंहमा १–१, उदयपुरको बेलकामा ३, धनकुटाको धनकुटा र चौबीसेमा १–१, संखुवासभाको चैनपुर, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको खोटेहाङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १७ महिला र १९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।