गिरिजा प्रसाद कोइराला पत्रकारीता पुरस्कार मोरङका ३ जनालाई प्रदान गरिने

बेलबारी ।
नेपाल प्रेस युनियन मोरङले हरेक बर्ष प्रदान गर्दै आएको गिरिजा प्रसाद कोइराला पत्रकारीता पुरस्कार महान पर्व तिहारको सुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरी बितरण गर्ने निर्णय गरेको छ ।

प्रेस युनियन मोरङको आज बसेको बठकले २०७७ को पुरस्कार नेपाल प्रेस युनियनका पुर्व केन्द्रिय उपाध्यक्ष शेखर रेग्मी र २०७८ को नेपाल प्रेस युनियनका पुर्व मोरङ जिल्ला अध्यक्ष कुमोद अधिकारी र प्रेस युनियनका पुर्व मोरङ जिल्ला कोषाध्यक्ष दिनेश गिरीलाई प्रदान गरिने युनियन जिल्ला सचिव गोपाल पोख्रेलले जानकारी दिए ।
जनही नगद १५ हजार सहित सम्मान पत्र र दोसल्लाले तीनै जनालाई यहि कार्तिक १७ गते सम्मान गर्ने पोख्रेलले जनाएका छन ।
हरेक बर्ष वितरण गर्दै आएको यो कार्यक्रम गत बर्ष कोरोना महामारीकाकारण स्थकित भएको थियो ।
आजको बैठकले नेपाली काँग्रेसको १४ औ माहाअधिवेशनमा मोरङ जिल्लामा क्षेत्रिय प्रतिनिधि र वडासभापतिमा निर्वाचित १४ जना पत्रकारहरुलाई समेत सम्मान पत्र र दोसल्लाले सम्मान गर्ने निर्णय पनि गरेको छ ।

बेलबारी नगरपालिकामा रहेको तमु बुद्धिष्ट गुम्बाको सभाहलमा नेपाली काँग्रेसका केदिन्द्रय सदस्य तथा नेपाल सरकारका रक्षा मन्त्री मिनेन्द्र रिजाल, काँग्रेस केन्द्रिय सदस्य सुजता कोइराला, अमृत अर्याल, जिल्ला सभापति डिक बहादुर लिम्बु, पुर्व श्रम राज्यमन्त्री दिलिप गक्षेदार, प्रदेश १ संसदिय दलका नेता राजिव कोइराला, उपनेता हिमाल कार्की, प्रमुख सचेतक केदार कार्की, सचेतक सुयर्माराज राई, प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष लिलाबल्लभ घिमिरे, मोरङ जिल्ला काँग्रेसका पदाधिकारीहरु, पालिका प्रमुखहरुको उपस्थितिमा सम्मान तथा पुरस्कार वितरण गर्ने पोख्रेलले जानकारी दिए ।




Leave a Reply

Your email address will not be published.