झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या

ईलाम ।
इलाम देउमाई नगरपालिका ५ बारुङ का ३३ बर्षीय कमल तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् ।

मंगलबार बिहान ६ बजे उनले आफ्नै घर भित्र घर परिवारका सदस्य राखी धामी बसी बिगत देखी बेला बखत बेहोस हुने बिरामी रहेका श्रीमती ३४ बर्षीया सिता तामाङ र छोरी १६ बर्षीया शिक्षा तामाङको झारफुक गर्ने क्रममा घाटी तथा शरिरको बिभिन्न भागमा टोक्दा उनिहरुको मृत्यु भएको हो ।
घटनाको जानकारी पाए लगतै अस्थाई प्रहरी चौकी गजुरमुखीधामबाट प्रहरी टोली खटि गई कमल तामाङलाई नियन्त्रणमा लिएको हो । घटनाबारेमा थप अनुसन्धान भईरहेको छ ।