हिउँदमा औसतभन्दा धेरै पानी पर्ने

यो वर्षको हिउँदमा औसत भन्दा धेरै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । केही वर्षयता हिउँदमा पानी पर्ने क्रम बढ्दै गएकाले हिउँदमा पानी पर्ने क्रम बढ्नु सामान्यजस्तै बन्दै गएको छ ।

यो बर्षको हिउदमा विशेषगरी प्रदेश–१ का तराईका जिल्ला, प्रदेश–२, वाग्मती र लुम्बिनी प्रदेशमा औसतभन्दा ३५ देखि ४५ प्रतिशत धेरै पानी पर्ने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले जानकारी दिनुभयो ।

अक्टोबर, नोभेम्बर महिनामा वा हिउँदमा ठूलो पानी पर्नु बिरलै घटना मानिन्छ । तर केही वर्षयता यसको क्रम छिटोछिटो हुँदै जानुमा जलवायु परिवर्तन मुख्य कारण हुन सक्ने उहाँले बताउनुभयो ।