वैकिंग कसुर मुद्धामा फरार सुनसरीकी एक महिला पक्राउ

वैकिंग कसुर मुद्धामा मोरङ उच्च अदालतबाट सजाय फैसला भएको तर फरार रहेकी सुनसरीकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिबादी सुनसरी धरान उपमहानगरपालिका ३ बस्ने ३८ बर्षीया रानी कुमारी साहलाई पक्राउ गरि जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।

वैकिंग कसुर मुद्धामा मोरङ उच्च अदालतबाट २०७६ माघ ६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमसः १ महिना कैद तथा रु.५,००,०००÷– (पाँच लाख) जरिवाना भई लगत नं. ९३४९ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेकी साहलाई खोजतलास गर्ने क्रममा १ नं प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका साहलाई सुनसारी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको प्रहरीले जनाएको छ ।