नेपालमा थप १३ जना कोरोना सङ्क्रमितको मृत्यु

  •  
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पछिल्लो २४ घण्टामा नेपालमा १३ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । योसहित कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार तीन सय ६१ पुगेको छ ।

सात सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट गरेको परीक्षणमा ६ सय ७३ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा एक सय तीन जना गरी सात सय ७६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
गएको २४ घण्टामा १० हजार आठ सय ६४ जनाको नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज थपिएकासहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख नौ हजार सात सय २९ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९४ हजार एक सय १८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच सय एक जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८८ हजार आठ पुगेको छ ।
अहिले नेपालमा १० हजार तीन सय ६० जना सक्रिय सङ्क्रमित रहेकामा दुई सय ५४ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।