तास खेलिरहेको अवस्थामा खोटाङबाट ५ पक्राउ

खोटाङ ।
तास खेलिरहेको अवस्थामा खोटाङबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ हस्पिटल चोक बस्ने हरि जोशीको घरमा तास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो ।

उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७१ हजार २० रुपैयाँ र तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।