५३ किलो गाँजा सहित उदयपुरबाट एक पक्राउ

उदयपुर ।
५३ किलो गाँजा सहित उदयपुरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कटारी नगरपालिका–९ सोरुमछबिसेका २० बर्षीय प्रेम परियारलाइ प्रहरीले कटारी नगरपालिका–६ भोर्ले जंगलबाट ५३ किलो अवैध लागूऔषध गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कटारिले जनाएको छ ।