रेडपाण्डाको छाला अवैध विक्री गर्ने संखुवासभाका १ सहित ५ पक्राउ

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित काठमाडौंबाट पाँच जना पक्राउ परेका छन । काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित सत्कार क्याफेबाट करिब ९० सेन्टिमिटर लम्बाई र १५ सेन्टिमिटर चौडाई भएको दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला १ थान र ६ थान मोबाइल सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाको टोलीले रेडपाण्डाको छालासहित काभ्रेको रोशी गाउँपालिका–३ का २६ वर्षीय युवक लामा, नुवाकोट पञ्चकन्या गाउँपालिका–४ का २१ वर्षीय रुपेश अधिकारी, संखुवासभा सिलिचुङ गाउँपालिका–२ का २२ वर्षीय अरुण राई, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–२ का २० वर्षीय सुभाष गिरी र रसुवा गोसाइँकुण्ड गाउँपालिका–६ का २० वर्षीय दावा घलेलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीका लागि सोमबार जिल्ला वन कार्यालय, काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।




Leave a Reply

Your email address will not be published.