पाँचथरमा बस दुर्घटना, लेटाङका १ सहित ४ को मृत्यु, ६१ घाईते

पाँचथर ।
पाँचथरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ६१ जना घाईते भएका छन । आज बिहान ११ बजे यासोकबाट फिदिम तर्फ आउदै गरेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका ४ सखरखण्डेमा सडकबाट अन्दाजी २० मिटर तल झरी दुर्घट्ना भएको हो ।

बसमा सवार रहेका लेटाङ नगरपालिका ६ मोरङका ७ बर्षीय प्रज्वल मगरको पाथीभरा अस्पताल, ईलाम बस्ने ३४ बर्षीया प्रमीला देवानको जिल्ला अस्पताल, उनकै ७ महिने छोरा निश्चल देवान र एक जना पहिचान हुन नसकेको महिलाको समर्पित अस्पताल पाँचथरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
सो दुर्घटनाबाट गम्भिर घाईते भएका ११ जनालाई थप उपचारको लागी झापा तर्फ पठाएको तथा अन्य घाईतेहरुको फिदिमका बिभिन्न अस्पतालमा उपचार भईरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।