धनकुटामा खोलाले बगाउदा एक पुरुषको ज्यान गयो

धनकुटा ।
धनकुटामा खोलाले बगाउदा एक पुरुषको ज्यान गएको छ । चौबिसे गाऊपालिका ५ बज्रमाई का ७१ बर्षीय भुवन सिंह खड्कालाई खोलाले बगाउदा मृत्यु भएको हो ।

आज बिहान ९ बजे सोही स्थानमा रहेको छरुवा खोला तर्ने क्रममा बगाई वेपत्ता भएको भन्ने जानकारी प्राप्त हुन साथ अस्थाई प्रहरी बिट मौनबुधुक, प्रहरी चौकी मुलघाटबाट प्रहरी टोली खटि गई स्थानियबासीहरुको सहयोगमा खोजतालसको क्रममा दिउसो साढे ११ बजे मृत अबस्थामा फेला परेको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।