लेटाङमा मोटरसाईकलले ठक्कर दिंदा पैदल यात्रीको मृत्यु

लेटाङ ।
मोरङको लेटाङमा मोटरसाईकलले ठक्कर दिंदा पैदल यात्रीको मृत्यु भएको छ । लेटाङ नगरपालिका–९ मा आज बिहान मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिंदा स्थानीय ५० बर्षीया अम्बिका ढकालको ज्यान गएको हो ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ८ प १९२६ नम्बरको मोटरसाईकलले पैदल यात्रा गरीरहेकी ढकाललाई ठक्कर दिंदा उनि घाईते भएकी भएकी थिइन ।
ढकालको उपचारको क्रममा बिराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।