२४ घण्टामा देशभर आठ सय ७७ जना कोरोनाबाट मुक्त

पछिल्लो २४ घण्टामा देशभर आठ सय ७७ जना कोरोनाबाट मुक्त भएका छन । यो सहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८७ हजार पाँच सय सात पुगेको छ ।

पाँच सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट गरेको परीक्षणमा पाँच सय २२ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरी सात हजार ६ सय २५ जनाको नमुना परीक्षण गरिएको थियो ।
योसहित पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख नौ हजार ५६ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९४ हजार १५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यही अवधिमा तीन जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार तीन सय ४८ पुगेको छ ।

अहिले १० हजार दुई सय एक जना सक्रिय सङ्क्रमित रहेकामा दुई सय ७३ जनाको आईसीयू र ८५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।