एमाले बेलबारीको कुन वडामा को अध्यक्ष छानिए

बेलबारी ।
नेपाल कम्युनिष्ट पार्टी एमालेले बेलबारीमा प्रथम वडा अधिवेशन गरी वडा कमिटि चयन गरेको छ । बेलबारी नगरपालिकाका वडाहरुमा अधिवेशन मार्फत सनिबार ३१ सदसिय वडा कमिटि चयन गरेको हो ।

वडा अधिवेशनमार्फत वडा कमिटि अध्यक्षमा वडा नं २ मा राजु परियार, ३ मा लिला आचार्य, ४ मा सुजित बस्नेत, ५ मा कर्ण बस्नेत, ६ मा पुष्कर जमर कटेल, ७ मा नर बहादुर श्रेष्ठ, ८ मा बिमल मेनाबो, ९ मा धरोज श्रेष्ठ, १० मा ताराहाङ राई र ११ मा केशर गुरुङ चयन भएका एमाले नेता कृष्ण गुरुङले जानकारी दिए ।

एमालेले शनिवार देशैभर वडा अन्तरगतको अधिवेशन सुरु गरेको हो । मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा सञ्चालन हुने दसौँ महाधिवेशनको लागि आज वडा अधिवेशन सुरु भएको हो ।
वडाबाट निर्वाचित भएर गएकाले नगर कमिटी गठन गर्ने छन् ।