२ बर्ष अघि हराएका मोवाइल नभेटिदै फेरी मोवाइल पसलमा चोरी

बिराटनगर ।
मोरङ बिराटनगरमा एक मोवाइल पसलमा चोरी भएको छ । शुक्रबार राति महेन्द्र चोकमा रहेको सनराइज इन्टरप्राइजेजमा चोरी भएको हो ।

१५–१६ वटा मोबाइल पसलबाट चोरिएको पसल सञ्चालक मधुकुमार राईले बताए । राईका अनुसार २०७६ सालमा पसलबाट १६ लाख रुपैयाँ बराबरका ६० वटा मोबाइल चोरी भएको थियो । पहिले चोरी भएको मोबाइल भेटिएको छैन । शुक्रबार राति पुनः उनकै पसमा चोरी भएको हो ।
शनिबार बिहान साढे ११ बजे पसल आउँदा उनले चोरी भएको थाहा पाएका थिए । नयाँ मोबाइलको खोल भने पसलबाट केही पर भेटिएको थियो ।

किराना पसलको सटर फोरेर भित्र पसेको चोरले मोबाइल पसल र किराना पसको भित्र पट्टी लगाएको प्लाइको बेरा काटेर चोरी गरेको देखिएको प्रहरीले बताएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।