कोरोनाका कारण थप ८ जनाको मृत्यु

नेपालमा थप आठ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित ज्यान गुमाउनेको सङ्ख्या ११ हजार तीन सय ४५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा पाँच सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट गरेको परीक्षणमा चार सय ३८ र एन्टिजेन विधिको परीक्षणमा ७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी ६ हजार नौ सय ३१ जनाको नमूना परीक्षण गरिएको थियो । योसहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख आठ हजार पाँच सय ३४ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९३ हजार नौ सय ८० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा आठ सय १७ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८६ हजार ६ सय ३० जना पुगेको छ । अहिले १० हजार पाँच सय ५९ जना सक्रिय सङ्क्रमित रहेकामा दुई सय ६८ जनाको आईसीयू र ८० जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।