एक ब्यक्ति कोसी ब्यारेजबाट नदीमा हामफालेको आशङ्का

कोसी ब्यारेजबाट नदीमा हामफालेको आशङ्कामा प्रहरीले एक ब्यक्तिको खोजी गरिरहेको छ । एक व्यक्ति नदीमा हामफालेको आशङ्कामा खोजी कार्य भइरहेको असई तारा चुँडालले बताएका छन् ।

ब्यारेजको १३ नम्बर गेट नजिकै को ३६ प ९२५५ नम्बरको मोटरसाइकलमा आएका ब्यक्तिले परिवारलाई फोन गरेर नदीमा हामफाल्न लागेको जानकारी गराएको भन्ने सूचना आएको असई चुँडालले जानकारी दिए ।
उनले भने ’ मोटरसाइकल, चप्पल र पर्स भेटिएको छ । ५८ वर्षका तिलक प्रसाद दाहाल नाम गरेको परिचय कार्य पनि फेला परेको छ ।
बोटको सहायताले प्रहरीले नदीमा खोजी गरीरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।