अबैध सुन तथा नगद सहित २ पक्राउ

सुनसरी ।
सुनसरी धरान उपमहानगरपालिका २ स्थित बाट स्रोत नखुलेको र बिल भरपाई बिनाको सुन र नगद सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान १५ सगरमाथा लाईन का ४८ बर्षीय राम बहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका २ का ३४ बर्षीय चन्द्र प्रसाद श्रेष्ठ रहेका छन् ।
ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले बिहिबार उनिहरुलाई बिल भरपाई बिनाको ५ वटा सुनको चुरा २८५.३२० ग्राम र नगद रु. १८ लाख सहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जना उपर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।