सञ्चारकर्मी केशु विरहीको बालकथा संग्रह ‘रेस्माको स्याण्डल’ बजारमा


सञ्चारकर्मी केशु विरहीद्वारा रचित बालकथाहरुको संग्रह रेस्माको स्यान्डल प्रकासित भएर बजारमा आएको छ । सञ्चारर्कम तथा शिक्षण पेसा सहित लामो समयदेखि साहित्य क्षेत्रमा क्रियाशिल रहनुभएका विरहीले पछिल्लो नयाँ कृतिको रुपमा ‘रेस्माको स्यान्डल’ लाई वाहिर ल्याउनुभएको हो ।

लेखक केशु विरही

विरहीका अन्य कृतिहरु पनि यसअघि बजरामा आइसकेका छन् । कहालीलाग्दा गोरेटाहरू (उपन्यास) २०५५, आमाको माया (उपन्यास) २०५६, सुस्केरा (सामूहिक सङ्कन्) २०६२, दन्किएको आगो (गजल सङ्ग्रह) २०६३, भास्कर वंशावली (वंशावली) २०६५, सुलोचना (कथा सङ्ग्रह) २०७१ जस्ता आधा दर्जन साहित्यिक कृति बजारमा आइसकेका छन् ।

लामो समयदेखि बाल साहित्यमा कलम चलाउँदै आएका विरहीको रेस्माको स्यान्डल (बालकथा संग्रह) २०७८ सातौँ साहित्यिक कृतिको रूपमा बाहिर आएको छ । यस कृतिलाई शिखा बुक्स काठमाडौँले बाहिर ल्याएको छ ।




Leave a Reply

Your email address will not be published.