बुधवारसम्म पानी पर्ने सम्भावना

बुधवारसम्म पानी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिवार रातिदेखि देशका धेरै ठाउँमा मौसम बदली भएको छ । केही ठाउँमा पानी परिरहेको छ । भारतको ओडिसा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभाव परेकाले मौसम बदली र पानी पर्न सुरु भएको महाशाखाले जनाएको छ ।