देशभर तीन सय ९१ जनामा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा नेपालमा तीन सय ९१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । आठ हजार ७७ जनाको नमुना परीक्षण गर्दा चार दशमलव ८४ प्रतिशत अर्थात् तीन सय ९१ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएपछि कोरोना सङ्क्रमण दर पाँच प्रतिशतभन्दा तल झरेको आज आइतवार पहिलो पटक हो ।
आज थपिएका तीन सय ९१ जनासहित नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ९८ हजार तीन सय ९९ पुगेको छ ।
यस्तै थप ६ सय ८० जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८१ हजार चार सय ५६ पुगेको छ ।
२४ घण्टामा थप ६ सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई सय ८४ पुगेको छ ।
अहिले १२ हजार दुई सय ९७ जना सक्रिय सङ्क्रमित रहेकामा दुई सय ९९ जनाको आईसीयू र ९८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ