सर्पको डसाइबाट ताप्लेजुङमा एक जनाको मृत्यु

सर्पको डसाइबाट ताप्लेजुङमा एक जनाको मृत्यु भएको छ । विषालु सर्पको डसाइबाट आज बिहान ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका २५ वर्षीय विष्णुबहादुर घतानीको ज्यान गएको हो ।

उपचारका क्रममा उनको जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी राकेश यादवले जानकारी दिए । दसैँको टीकाको दिन शुक्रबार राति ८ बजेतिर घतानीलाई सर्पले डसेको थियो ।
घतानीलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पताल भर्ना गरेको केही समयमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।