परीक्षण गरिएका नमूनामध्ये आठ दशमलव २९ प्रतिशतमा कोरोना

पछिल्लो २४ घण्टामा नेपालमा परीक्षण गरिएका नमूनामध्ये आठ दशमलव २९ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । एक हजार सात सय ७३ जनाको नमूना परीक्षण गर्दा जम्मा एक सय ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म संक्रमण पुष्टि हुनेको संख्या आठ लाख ९८ हजार आठ जना पुगेको छ ।
आठ सय ४५ जना निको भएका छन् । संक्रमणमुक्त हुनेको संख्या सात लाख ८० हजार सात सय ७६ जना पुगेको छ । २४ घण्टामा थप एकजनासहित कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार दुई सय ७८ जना पुगेको छ ।

अहिले १२ हजार पाँच सय ९८ जना सक्रिय संक्रमित रहेकोमा तीन सय सात जनाको आईसीयू र ९७ जनाको भेण्टिलेटरमा उपचार भइरहेको छ ।