सिरहामा इनारभित्र एक युवक मृत फेला

सिरहामा इनारभित्र एक युवक मृत फेला परेका छन् । जिल्लाको नरहा गाउँपालिका ३ स्थित इनारमा गोलबजार नगरपालिका ८ बस्ने २० वर्षीय शत्रुधन महतो शनिबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

महतोलाई इनारमा डुबेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरी टोलीले युवकको शव निकालेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक अवधकिशोर ओझाले जानकारी दिए ।