श्रीमती हत्या आरोपमा भोजपुरबाट एक पक्राउ

श्रीमती हत्या गरेको आरोपमा भोजपुरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर सापासिलिछो गाउँपालिका–५ बाक्सिन्दा बस्ने ४० वर्षीय फराछेतर शेर्पा रहेका छन् ।

४० वर्षीय श्रीमती छोती शेर्पालाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको सूचनाका आधारमा प्रहरी चौकी दोभाने र ईलाका प्रहरी कार्यालय दिङ्लाबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।