परीक्षण गरिएका नमुनामध्ये ६ दशमलव ४३ प्रतिशतमा कोरोना

पछिल्लो २४ घण्टामा देशभर परीक्षण गरिएका नमुनामध्ये ६ दशमलव ४३ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार एक सय ९५ नमुनाको परीक्षण गर्दा सात सय ८५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ९५ हजार नौ सय ७७ पुगेको छ ।
यस्तै थप आठ सय ८८ जना निको भएका छन । कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७६ हजार आठ सय ३१ पुगेको छ ।
२४ घण्टामा थप १२ जना सङ्क्रमितको ज्यान गएको छ । कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई सय ४३ पुगेको छ ।
अहिले १४ हजार सात सय ८७ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय १४ जनाको भेन्टिलेटर र एक सय ११ जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।