धनपालथानमा बैंक लुट्ने ३ पक्राउ, लुटेराको गोली लाग्दा गार्ड घाइते

बिराटनगर ।
मोरङको धनपालथानमा रहेको सिटिजन्स बैंक लुट्न गोली चलाउलेलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार दिउँसो कर्सियामा रहेको सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहले सुरक्षा गार्ड शीतल कुँवरलाई गोली प्रहार गरेको थियो ।

लुटेराको समुहलाई सुरक्षागार्डले रोक्न खोजेका थिए । त्यसक्रममा सुरक्षा गार्ड कुँवरलाई लुटेरा समूहले चलाएको गोली लागेको छ । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
दुई जना भारतीयसहित तीन जनालाई प्रहरीले नेपाल भारत सीमा नाका मोरङको धनपालनथा गाउँपालिका २ खैरवनादेखि सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक र एक जना नेपाली छन् । नेपाली विराटनगर घर भएको सुरक्षा स्रोतले जानकारी दिएको छ ।
पक्राउ परेको लुटरा समूहको नाम प्रहरीले अहिले गोप्य राखेको छ । उनीहरूलाई अहिले इलका प्रहरी कार्यालय रंगेलीमा राखेर अनुसन्धान सुरू गरेको छ ।