यार्सागुम्बा सहित सुनसरीबाट २ पक्राउ

सुनसरी ।
सुनसरीबाट ३ केजी यार्सागुम्बा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको ईटहरी उप–महानगरपालिका–६ धरान लाईनबाट खोटाङ रावावेशी गाउँपालिका–४ का २७ बर्षीय समिर गुरुङ र संखुवासभाको चैनपुर नगरपालिका–४ का ३२ बर्षीय श्याम कुमार लिम्बुलाई प्रहरीले ३ केजी दुर्लभ बनस्पती यार्सागुम्बा सहित पक्राउ गरेको हो ।

सो स्थानमा दुर्लभ बनस्पती यार्सागुम्बाको अबैध रुपमा कारोवार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा प्रादेशिक अनुसन्धान समूह विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीवाट खटिएको प्रहरी टोलीले उनिहरुलाई यार्सागुम्बा सहित पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि तरहरा सव डिभिजन वन कार्यालय पठाइएको तथा सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।