प्रदेश १ प्रदेशसभा बैठक दसैंपछि मात्रै बस्नेगरी स्थगित

बिराटनगर ।
प्रदेश १ प्रदेशसभा बैठक दसैंपछि मात्रै बस्नेगरी स्थगित भएको छ । प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै विशेष कारणले बैठक कात्तिक ५ गतेमात्रै बस्ने जनाएको छ ।

आइतबार बसेको बैठकपछि सभामुख प्रदीपकुमार भण्डारीले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । तर त्यसको अढाई घण्टापछि प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै विशेष कारणले बैठक कात्तिक ५ गतेमात्रै बस्ने जनाएको हो ।