थप १० जना कोरोना सङ्क्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप १० जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म ११ हजार दुई सय ३१ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।

पाँच सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार चार सय चार जनाको नमुना परीक्षण गर्दा पाँच सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएकासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख दुई हजार एक सय ९८ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२ हजार नौ सय ९४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा आठ सय ७१ सहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७५ हजार नौ सय ४३ पुगेको छ ।
अहिले १५ हजार २४ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय २२ जनाको आईसीयू र एक सय १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।