ब्राउन सुगर सहित केराबारीबाट एक पक्राउ

मोरङ ।
लागूऔषध ब्राउन सुगर सहित मोरङको केराबारीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । केराबारी गाऊपालिका ७ डागी स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित सोही स्थानका ३० बर्षीय बिशाल लिम्बुलाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर १ ग्राम ९०० मिलिग्राम सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।