नोबेलका उत्कृष्ट २० कर्मचारी पुरस्कृत; सर्वोत्कृष्ट अङ्क ल्याउने २७ जना विद्यार्थी सम्मानित

विराटनगरः विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले १४ औं वार्षिकोत्सवको अवसर पारेर उत्कृष्ट कर्मचारी र विद्यार्थीलाई सम्मान एवम् पुरस्कृत गरेको छ । उत्कृष्ट कार्यसम्पादन गर्ने २० जना कर्मचारीलाई पुरस्कृत र सर्वोत्कृष्ट अङ्क ल्याउने २७ जना विद्यार्थीलाई सम्मान गरिएको हो ।

पुरस्कृत हुनेमा डा. प्रमोद शर्मा गौतम, सुरेन्द्रप्रसाद शाह, डा. विवेक सिंह, नवीना कोइराला, अमृता तिम्सिना, ससित खवास, सुरेन्द्र घिमिरे, अर्विन्दकुमार सिंह, किशोर बस्नेत, डा. कलामुद्दिन खान, प्रियङ्का रेग्मी, छन् ।

त्यस्तै, दीक्षा निरौला, नन्दलाल ठाकुर, राधा खाँ, मनिका माझी, सञ्जीवकुमार माझी, बेनीमाया लिम्बू, कौशलकिशोर ओझा, आशनारायण राजवंशी र कमल राजवंशी छन् ।

सम्मानित हुने विद्यार्थीमा माधव पौडेल, हिमाल दाहाल, निष्ठा बराल, सागर शाह, लक्ष्मी वाग्ले, सिर्जना रानामगर र गोबिन्द तामाङ रहेका छन् । त्यस्तै, प्रदीप तिरुवा, रिङ्की रोय, उपमा भण्डारी र समिरा लिङ्खा पनि सम्मानित भएका छन् ।

बबिता बस्नेत, ईदर्श राई, सुधिर न्यौपाने, लक्ष्मी तामाङ, गोमा तामाङ, नवीना प्रजापति र रोशनी लिम्बूले पनि सम्मान पाएका छन् । त्यस्तै, सुवास खतिवडा, खेमराज बस्नेत, युनिसा कडरिया, कला सेन्दाङ, दीपकला तामाङ, सागर लामा तामाङ, श्रेया निरौला, सिम्रन श्रेष्ठ र विशाल चापागाई पनि सम्मानित भएका छन् ।

फरक–फरक १७ विधाका उत्कृष्ट कर्मचारीलाई जनही ६ देखि २५ हजारसम्म नगद र प्रशंसापत्र प्रदान गर्नुका साथै खादा ओढाएर पुरस्कृत गरिएको थियोे । सर्वोत्कृष्ट अङ्क ल्याउने २९ विधाका विद्यार्थीलाई खादा ओढाएर प्रशंसापत्र प्रदान गरिएको थियो ।

उनीहरूलाई अस्पताल सञ्चालन समितिका अध्यक्ष लोकनाथ न्यौपाने, सञ्चालक डा. सुनिल शर्मा, प्रबन्ध निर्देशक इन्दिरा बराल, नायब प्रमुख कार्यकारी अधिकृत डा. विश्वनाथ अधिकारी, प्राचार्य डा. रामहरि घिमिरे, अन्तर्राष्ट्रिय शैक्षिक निर्देशक डा. निरञ्जन कुमार, जनसम्पर्क अधिकृत नारायण दाहाललगायतले सम्मान एवं पुरस्कृत गरेका छन् । कार्यक्रममा कर्मचारी र विद्यार्थीले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।