लागूऔषध सहित बिराटनगरबाट होटल संचालक पक्राउ

मोरङ ।
मोरङको बिराटनगरबाट लागूऔषध कारोबारको अभियोगमा होटल संचालक पक्राउ परेका छन । बिराटनगर महानगरपालिका १५ स्थित सायरा होटल संचालक जहदा गाऊपालिका ७ घर भएका २८ बर्षीय रमेश साह लागूऔषध कारोबारको अभियोगमा पक्राउ परेका हुन ।

शनिबार दिउसो ११ बजे सो होटलमा लागूऔषध कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले चेकजाँच गरेको थियो । चेकजाँच गर्दा सो होटलबाट लागूऔषध डाइलेक्स डीसी १५ बोतल, नाईट्राभेट ४२ चक्की, स्पास्मो प्रोग्सीवन २४ चक्की, स्पास ट्रानकोन प्लस ३४ चक्की र गाँजा २४० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।
लागूऔषध बरामद भए पश्चात उक्त होटलका संचालक साहलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।