सुनवर्षीमा पोखरीमा डुबेर एक बालकको मृत्यु

मोरङ ।
मोरङ सुनवर्षी नगरपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । सुनवर्षी नगरपालिका ९ डायनिया का श्याम प्रसाद सिंहको ३ बर्षीय छोरा अजित सिंह पोखरीमा डुबेर मृत्यु भएको हो ।

शनिबार पौने १ बजे आफ्नै आमासँग पोखरीमा गएका बालक आमा लुगाधुईरहेको समयमा खेल्ने क्रममा अचानक पोखरीमा डुबेका थिए । पोखरीमा डुबेर घाइते भएका बालकको उपचारका लागि रंगेली अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको र घटनाको बारेमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।