साफ च्याम्पियनसिप : भारतलाई हराए नेपाल फाइनलमा

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत राउन्ड रोबिन लिगको तेस्रो खेलमा नेपालले आइतबार भारतको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९ः४५ बजे सुरु हुनेछ ।

५ राष्ट्र सम्मिलित प्रतियोगितामा राउण्ड रोविन लिगका आधारमा खेल भइरहँदा नेपालले सुरुवाती दुई खेल जितेर ६ अंक जोडेको छ र फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अर्कोतर्फ भारतको सुरुवाती दुई खेल बराबरीबाट २ अंक छ ।
यस्तो अवस्थामा दुवै टोलीलाई आजको खेल महत्वपूर्ण छ । नेपालले भारतलाई पराजित गरेमा एक खेल खेल्नुअघि नै फाइनल पुग्नेछ ।