थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीमा झडप, प्रहरीसहित केहि घाइते

सुनसरी ।
प्रहरी हिरासतमा रहेका थुनुवाको ज्यान गएको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सुनसरी परिसरमा झडप भएको छ । पीडितका आफन्त र प्रहरीबीच झडप भएको हो ।

प्रहरीले आधा दर्जनभन्दा बढी अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा प्रहरीसहित १० जनाभन्दा धेरै घाइते भएका छन् । झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा समेत क्षति पुगेको छ । प्रदर्शनकारीले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् ।
अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए ।

उनले आत्महत्या गरेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सीसीटीभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरी माथि आक्षेप लगाउनु उचित नहुने बताएका छन ।