२४ घण्टामा ९० हजार नौ सयले लगाए खोप

पछिल्लो २४ घण्टामा देशभर ९० हजार नौ सय ९३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । २४ घण्टामा नेपालमा ९० हजार नौ सय ९३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ६४ लाख ४६ हजार नौ सय ५७ जना पुगेको छ । ८१ लाख २७ हजार दुई सय ६२ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।