चितवनले जित्यो पहिलोपटक इपिएलको उपाधि

चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लिग (इपिएल) चौथो संस्करणको उपाधि जितेको छ । शनिवार टियु मैदामा भएको फाइनलमा चितवनले पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो ।

जितको लागि १ सय १२ रनको विजयी लक्ष्य पछ्याएको चितवनले १५.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पोखरा १७.५ ओभरमा १ सय ११ रनमा अल आउट भयो ।
यो सँगै विजेताले चितवनले ५० लाख र उपविजेता पोखराले १५ लाख प्राप्त गरेका छन ।