झापामा मोटरसाइकल दुर्घटना हँदा एकको मृत्यु

झापा ।
झापामा मोटरसाइकल दुर्घटाना हुँदा एक जनाको ज्यान गएको छ । अर्जुनधारा नगरपालिका २ भेलेनी चौक छेउ स्थित भित्री सडक खण्डमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक अर्जुनधारा नगरपालिका ६ का ३० बर्षीय निरज तामाङको घटना स्थलमानै मृत्यु भएको हो ।
शुक्रबार बेलुका ४ बजे खुदुनाबारीबाट शनिश्चरे जादै गरेको मे. ४ प. २८१५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई कल्भर्टमा ठोकीएर दुर्घटना हुँदा चालक तामाङको घटनास्थलमानै मृत्यु भएको हो ।
घटनाबारे ईलाका प्रहरी कार्यालय अनामनीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।