शुक्रबारे आसपासका सडक किनारामा राखियो डस्विन

बिराटचौक ।
मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ११ र १२ को सिमानामा पर्ने सुक्रबारे चौक आसपासका क्षेत्रमा डस्विन राखिएको छ । वडा नम्बर ११ र १२ को सहयोगमा शुक्रबारे युवा क्लबद्वारा फोहोर संकलनका लागि २५ वटा डस्विन सडक किनारामा राखिएको हो ।

वडा दशै, शुभ दिपावलि र छैट पर्वको उपलक्ष्यमा शनिबार बिहान शुभकामना आदानप्रदान , चियापान तथा सरसफाइ का साथै डस्विन बितरण कार्यक्रमको आयोजना भएको क्लबका सल्लाहकार हिमाल अधिकारीले जानकारी दिनुभयोे ।

जिल्ला समन्वय समिति सदस्य विशेस्वर ढकालको प्रमुख आतिथ्यता तथा शुक्रबारे युवा क्लबका अध्यक्ष जयनारायण चौधरीको सभापतित्वमा भएको कार्यक्रममा सडकको किनारमा रहेका विद्युतको पोलमा बाँधेर डस्विन राखिएको थियो ।

कार्यक्रममा वडा नं ११ का वडाध्यक्ष रोसन प्रसाद ढकाल १२ का वडाध्यक्ष बिसनलाल चौधरी, शुक्रबारे आसपासका संघ सस्थाका प्रतिनिधि, स्थानीय समाजसेवी, बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।