श्रीमतीलाई बन्दुक ताक्दै मार्छु भनेर धम्की दिने श्रीमान पक्राउ

भोजपुर ।
आफ्नै श्रीमतीलाई भरुवा बन्दुक ताकी मार्छु भनि धाकधम्की दिने भोजपुर रामप्रसादराई गाऊपालिका १ चामबोटे का ४६ बर्षीय सुजिल राई भरुवा बन्दुक सहित पक्राउ परेका छन् ।
घरयासी बिबादको कारण आफ्नै श्रीमती ४५ बर्षीया जुना राईलाई उनले कोदालोले हानेर घाइते बनाएका थिए । घरमै लुकाएर राखेको भरुवा बन्दुक ताकेर घाइते श्रीमतीलाई उनले मार्ने धम्की दिएका थिए ।

घटनास्थलमा भरुवा बन्दुक फालेर फरार रहेका सुजिललाई प्रहरीले पक्राउ गरेको छ ।
घटनस्थलबाट भरुवा बन्दुक, कोदालो बरामद गरेको र थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।