२४ घण्टामा नेपालमा १ हजार ३३ जना कोरोना संक्रमित निको

पछिल्लो २४ घण्टामा देशभर एक हजार ३३ कोरोना संक्रमित निको भएका छन । यो सहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७४ हजार एक सय ७३ पुगेको छ ।

सात सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार ६ सय ८८ जनाको नमुना परीक्षण गर्दा सात सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज थपिएकासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख नौ सय ९७ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२ हजार आठ सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यही अवधिमा थप १० जना सङ्क्रमितको ज्यान गएसँगै नेपालमा अहिलेसम्म ११ हजार दुई सय १० जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।
अहिले १५ हजार ६ सय १४ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय १३ जनाको आईसीयू र एक सय १३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।