ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु, सहचालक घाईते

संखुवासभा ।
संखुवासभा जिल्लाको खादबारी नगरपालिका २ चेवा स्कुल छेउ भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हँदा एक जनाको मृत्यु भएको छ । एक घाइते भएका छन ।

मृत्यु हुनेमा सोहि ट्याक्टरका चालक खादबारी नगरपालिका ५ लेलुवा का २५ बर्षीय मणी तामाङ रहेका छन् भने घाईते भएका सहचालक सोही स्थानका १९ बर्षीय महेन्द्र तामाङको घोपा धरानमा उपचार भईहेको छ ।
बिहिबार राती सँवा ८ बजे चेवाबाट चारबर तर्फ जादै गरेको प्र १०२००३ त १२२४ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रीत भई सडक देखी अन्दाजी १५ मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटबाट गम्भिर घाईते भएका चालकको जिल्ला अस्पताल खादबारीमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको थियो भने घाईते सहचालकलाई थप उपचारको लागी धरान पठाईएको थियो ।
घटना सम्बन्धमा कानुनि प्रकृया तथा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।