ट्रकको ठक्करबाट सुन्दरहरैचाका लुईटेलको मृत्यु

सुनसरी ।
सुनसरी दुहबी नगरपालिका ३ पेट्रोल पम्प आगाडी कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ सुन्दरहरैचा नगरपालिका ८ का ४५ बर्षीय लक्ष्मि प्रसाद लुईटेल रहेका छन् ।

बिहिबार बेलुका ४ बजे बिराटनरबाट ईटहरीतर्फ जाँदै गरेको भारतिय नम्बर प्लेटको एन एल ०२ क्यू ०१३४ नम्बरको एल पी ग्यास बोक्ने ट्रकले सोही दिशा जादै गरेको को १० प २६८१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ लुईटेलको घटनास्थलमानै मृत्यु भएको हो ।
ट्रक र ट्रक चालक भारत बिहार बेबसराई बथौली पंचायत ७ का ३५ बर्षीय चन्दन कुमार ताति ईलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।